April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार
Trending

जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

जन्मोत्सवमा नेपाली कांग्रेस नेता रेग्मीद्वारा सहयोगलाई निरन्तरता

गेरूवा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले आफ्नो जन्मोत्सवको अवसरमा प्रतिबद्धता जनाएअनुसार एक परिवारलाई सहयोग गर्नुभएको छ । गत बर्ष कर्णाली नदीमा दाउरा टिप्न गएको बेलामा ज्यान गुमाएका गेरूवा ४ जोधिपुरका बलबहादुर रोकायका ४ छोरीहरूको शिक्षा दिक्षाका लागि १२ बर्षसम्म लगातार आफ्नो जन्मोत्सवमा २० हजार रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता अनुसार युवा नेता रेग्मीले सहयोग गर्नुभएको हो । भारतमा गई ज्यालामजदुरी गरि परिवारको घरखर्च चलाइरहेका घरका अभिभावक रोकायनै परिवारले गुमाउनुपरेपछि परिवारले गुजार्नु परेको दुःखलाई युवा नेता रेग्मीले केही मलहम लगाउने प्रयास गर्नुभएको छ ।

रोकायको ४ छोरीको माध्यमिक शिक्षा पूरा गराउन युवा नेता रेग्मीको सहयोग अतुलनीय छ । युवा नेता रेग्मीले यस अघिका जन्मदिनमा बृद्धाआश्रममा रहेका बुबा आमालाई न्यानो कपडा, विपन्न परिवारलाई आर्थिक सहयोग जस्ता पुण्य काम गर्दै आउनुभएको थियोे । नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य, समाजसेवी कमलप्रसाद रेग्मीलाई हाम्रो तर्फबाट लाखौं लाख शुभकामना !!! 🎈🎂🍰