January 26, 2022, Wednesday
१२ माघ २०७८
Trending

लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

लुम्बिनी प्रदेशभरका १७ सय पत्रकारको दुर्घटना बीमा गर्ने महासंघको निर्णय

शितगंगा । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको बैठक अर्घाखाँचीको सितगंगा ८ सातमारा भालुबाङमा सम्पन्न भएको छ। बैठकले  लुम्बिनी प्रदेश सरकारको सहयोगमा शितगंगा नगरपालिकाले  अर्घाखाँचीको सितगंगा ८ सातमारामा उपलब्ध गराएको जग्गामा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको भवन निर्माण गर्ने निर्णय गरेको छ । भवन निर्माणका लागि समिति समेत गठन गरेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षतामा भएको बैठकले प्रदेशभरका १७ सय पत्रकारलाई प्रदेश कार्य समितिले जारी गरेको परिचय पत्रका आधारमा निःशुल्क दुर्घटना बीमा गर्ने, गरेको पत्रकार कल्याण कोष स्थापना गर्ने, लुम्बिनीमा अन्तराष्ट्रिय मीडिया सम्मेलन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको प्रदेश कोषाध्यक्ष यम घिमिरेले बताउनु भयाे । बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जि एम, प्रदेश उपाध्यक्ष शुक्र ऋषि चौलागाईं र चुमा आचार्य, महासचिव विक्रम खड्का, सचिव शिव सुनार, कोषाध्यक्ष यम घिमिरे लगायतको उपस्थिति थियो। बैठकले अनुशासन, प्रकाशन, महिला, समावेशी समितिहरू समेत गठन गरेको छ।