June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

बर्दिया । गुलरियास्थित निलो आयल पेट्रोल पम्पका सेवाग्राहीको मोबाईल खोसेर बाइकमा भागेका  चोरलाई  १ घन्टा भित्र मोबाईल सहित पक्राउ परेका छन् । प्रहरी निरीक्षक पवन पछाइ,प्रहरी हवल्दार सोम वलि, प्रहरी जवान सुरेन्द्र खड्का र लक्ष्मि नारायण मोर्यले उनीहरूलाई पक्राउ गरेको हो । छिटोछरितो चोर पक्राउ गरेकोमा जिल्ला प्रहरी कार्यालयका तर्फबाट उनीहरूलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्किले बताउनु भयो। २६ गते जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ निलो पेट्रोल पम्प नजिकै मोटरसाईकलमा आएका अपरिचित व्यक्तीले हातमा रहेको मोबाईल थुती फरार रहेको भनी सुचना प्राप्त हुनसाथ यस  प्रहरी निरीक्षक  पछाईको कमाण्डमा तत्कालै टोली परिचालित भई हुलियाको आधारमा खोजतलास गर्ने क्रममा गुलरिया नगरपालिका वडा नं. ८ गोलपार्क नजिकैबाट लु.८१ प. ३९१७ नम्बरको मोटरसाईकल र मोबाईल सहित जिल्ला बाँके नेपालगंज उप-महानरपालिका वडा नं. १ बस्ने चेतराम बर्मा र ऐ.ऐ. बस्ने केशब परियारलाई पक्राउ गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनु भयाे।