गुलरिया गाउँ बाट नगद रू.१ लाख ९८हजार ५सय ५ सहित ९ जना जुवाडे पक्राउ

गुलरिया गाउँ बाट नगद रू.१ लाख ९८हजार ५सय ५ सहित ९ जना जुवाडे पक्राउ

बर्दिया । नगद रू.१,९८,५०५ सहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति कार्तिक १५ गते बिहान २:५५ बजेको समयमा  उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.७ गुलरियागाँउ स्थित रमेश यादवको घरको कोठामा जुवातास खेलीरहेको भन्ने शंका लागी खानतलासी गर्दा जुवातास खेलीरहेको अवस्थामा जुवा खेलाउने घरधनी सहित  उनीहरूलाई पक्राउ गरिएको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो। ९ जनालाई नगद रू.१,९८,५०५/-(एक लाख अन्ठानब्बे हजार पाँच सय पाँच) र जुवा खेल्न प्रयोग गरिएको तास सहित नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक कार्की को भनाई छ।  पक्राउ पर्नेमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.७ बस्ने रमेश यादव , वडा नं.३ बस्ने रतिराम चौधरी ,वडा नं.७ बस्ने श्यामु यादव , वडा नं.४ बस्ने गुमान बहादुर मल्ल , वडा नं.१० बस्ने तेज कुमार चौधरी,मधुवन नगरपालिका वडा नं.८ बस्ने सुरेश वली  र टेकेन्द्र साउद  वडा नं.९ बस्ने नारायण क्षेत्री ,वडा नं.७ वस्ने पदम बहादु सुनार रहेका छन्।