कुखुराको चल्ला सहित ४ जना नियन्त्रणमा

कुखुराको चल्ला सहित ४ जना नियन्त्रणमा

गुलरिया । मिति २०७८ कार्तिक ११ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले ४ जनालाई नियन्त्रणमा लिएको छ ।  बर्दियाको गुलरिया नगरपालिका वडा नं.८ स्थित भारतबाट अवैध रुपमा साईकलमा लोड गरी ल्याईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।  ६३ हजार बराबरका ४२० ओटा कुखुराका चल्लाहरु सहित ३ जना भारतिय र १ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि पशु क्वारेन्टिन कार्यालय गुलरिया बर्दियामा पठाईएको बर्दियाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।