May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि

मधुवन । चाडपर्व र वर्षातको बेला पनि भन्सार छलि जारी छ। बर्दिया मधुबन न.पा.वडा.नं.५ गाऊँ नं.१० र ११ को बिभिन्न स्थानमा दिनहुँजसो भन्सार छलि गरी सामान भित्र्याइन्छ। असोज २६ गते देखी ३१ गते सम्म वडा एरियाको गस्ति गर्ने क्रममा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छलि ल्याएको २० हजार बराबरको चिनी, बिडी, स्यामलसुर्ती लगायत सामानहरु बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको छ। बरामद गरिएको समान इलाका प्रहरी कार्यालय ढोढरीमा ल्याई राखिएकोमा दशैं बिदाको समयमा भन्सार कार्यालय बन्द रहेकाले आज कार्तिक २ गते राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा आबश्यक कारबाहीको लागि पठाईएको प्रहरी निरीक्षक राजन गौतमले बताउनु भयो।