लुम्बिनीमा मन्त्रीपरिषद विस्तार भयो, बर्दियाका शर्मा आंतरिक मामिला मन्त्री
गुलरिया । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिनु भएको हो। केसीले १७ सदस्यीय मन्त्रीमण्डल बनाउनु भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराउनु भएको हो।
कांग्रेसबाट पाल्पाका वीरबहादुर राना उर्जा, जलश्रोत तथा सिचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री हुनु भएको छ।
यस्तै काँग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिनु भएको छ। श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री हुनु भएको हो । माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्चार, दाङका इन्द्रजित थारू स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री हुनु भएको छ।
माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री हुनु भएको छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानुन, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनु भएको छ।
लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीयबाट १७ सदस्यीय मन्त्रीमण्डल बनेको हो । लुम्बिनीमा अन्य सात वटै प्रदेशमा भन्दा जम्बो मन्त्रिमण्डल बनेको हो ।
प्रतिकृया दिनुहोस्