December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

राजापुर । सोनाहा जातीले बर्दियाको राजापुर नगरपालिका–१ हिमालीपुरमा तेस्रो नेपाल राष्ट्रिय सोनाहा सम्मेलन गरि आफ्नो समस्याका बारेमा राज्यको ध्यानआर्कषण गराएका छन् । उनीहरुले सोनाहालाई पनि अन्य जाती सरह आफुहरु पनि सुचिकृत भई राज्यको मुल प्रवाहमा ल्याउन आग्रह गरेका छन् । बर्दिया, कैलाली र कञ्चनपुरमा गरी करिब १३ सयको हाराहारिमा सोनाहा जातिहरू छरिएर रहेको सोनाहा विकास समाजका अध्यक्ष बल बहादुर सोनाहाले सम्मेलनमा बताउनु भयो । आफुहरुको पुर्खौली पेशा माछा मार्ने र बगरमा बालुवा चाली सुन चाल्ने पेशा संकटमा परेकाले जिविकोपार्जन गर्न गाहे भएको बताउनु भयो। आफुहरुको पेशागत तथा सामाजिक समस्यालाई राज्यले सम्बोधन गर्न नसेकोमा रोष प्रकट गर्नु भयो। सोनाहाहरु कि त नेपाली होइनन भन्नुपर्यो नत्र सोनाहा जातीलाई लोपोन्मुख तथा अल्पसंख्यक जातीमा समावेश गर्नु पर्नेभन्दै कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन सँग उनीहरुले आग्रह गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आफुलाई राजापुर क्षेत्र आदिवासी थारुहरुको बाहुल्यता भएको क्षेत्र लागेको तर त्यसभित्र पनि सोनाहा जाती अलग्गै जाती भएको कुरा थाहा नभएका कारण आज सम्म सुचिकृत हुन नसकेको बताउनु भयो। प्रदेश प्रमुख शेरचनले ०७२ सालमा नै सर्वोच्च अदालतले प्रक्रिया मिलाएर सुचिकृत गरिदिनु भनि मन्त्रीमण्डललाई दिएको परमादेशको आधारमा आफु सोनाहा जातीको सुचिकृतका लागि संघिय सरकार प्रमुख प्रधानमन्त्री सँग वार्तालाप गर्ने र निकास निकाल्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो।शेरचनले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्चलाई भएको हुँदा सर्वोच्चले दिएको यो आदेश जुनसुकै सरकार भएपनि पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भएका कारण सोनाहा जाती सुचिकृत हुने कुरा सुनिष्चित भएको दावी समेत गर्नु भयाे। कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तिलकराम शर्मा, दिपेश कुमार थारु, राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद थारू, उप–प्रमुख मनकला थारू, वडा अध्यक्षहरुले सोनाहा जातीलाई सुचिकृत गर्ने अभियानमा आफुहरु अग्रमोर्चामा रहि साथ दिने बताउनु भयो । कार्यक्रममा कैलाली, कञ्चनपुरका सोनाहा जातीहरुको पनि उपस्थिती रहेको थियो ।