January 11, 2026, Sunday
२७ पुष २०८२, आईतवार
Trending

स्वास्थ्य शाखा प्रमुख माथि हातपात

स्वास्थ्य शाखा प्रमुख माथि हातपात

विदुर । नुवाकोट विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठलाई सोही नगरपालिका वार्ड नं ८ निवासी धीरेन्द्र तामाङले हातपात तथा कुटपिट गरेका छन्। सुत्केरी स्याहार भत्ता को विषयमा विवाद हुँदा तामाङले प्रमुखको कार्यकक्ष मै कुटपिट गरेका हुन्। विदुर नगरपालिकाले ३००० रुपियाँ सुत्केरी स्याहार भत्ता दिने व्यवस्था गरेकोमा आरोपित तामाङ ले ५००० पाउनु पर्ने माग राख्दै स्वस्थ शाखा प्रमुख सँग विवाद गरी हातपात र कुटपिट गरेका हुन्। सो कार्यको विदुर नगरपालिका का कर्मचारीले विरोध गरेका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कुटपिट र दुर्व्यवहार को किटानी जाहेरी मुद्धा समेत दर्ता भएको छ।