मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

मधुवन । बर्दिया मधुबन नगरपालिका वडा नं.८ बाट २लाख २५हजार मुल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ बरामद भएको छ । अबैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपालबाट भारततर्फ  लैजाँदै गर्दा सो केराउ बरामद भएको हो ।  विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटि गएको प्रहरी टोलीले सो केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।
बरामद गरिएको केराउ आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको प्रहरी निरीक्षक गोपाल पौडेलले बताउनु भयो।
असोज १३ गते  प्रहरी चौकी गणेशपुर बर्दियाबाट खटिएको प्रहरी टोलिले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ११ गणेशपुर स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी रू. ७,५००/- मुल्य बराबरका मोटरसाईकल पार्टस् फेला पारी आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाएको छ।