बर्दियामा कर्णाली नदीमा बगेको स्टिमर र यात्रुको उद्दार

बर्दियामा कर्णाली नदीमा बगेको स्टिमर र यात्रुको उद्दार

राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं १ दौलतपुरघाटमा संचालनमा रहेको स्टिमर डुङ्गा  बगेपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरको टोलीले १२ जनाको उद्दार गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरका प्रहरी निरीक्षक आशिष राउतको कमाण्डमा ७ जना विपत उद्दार तालिम प्राप्त सशस्त्र प्रहरी र कर्मचारीको टोलीले स्टिमर (इन्जिनबाट चल्ने डुङ्गा) मा सवार १२ जनाको सकुशल उद्दार गरेको हो।टोलीले राजापुर नगरपालिका ३ तिघ्राबाट बोटको सहायताले डुङ्गामा सवार यात्रु सहित स्टिमरमा रहेका ३ वटा मोटरसाइकलको उद्दार गरेको सशस्त्र प्रहरी बल नम्बर ३१ गण हेड क्वार्टर बर्दियाले जनाएको छ।
शुक्रबार बेलुका साढे ५ बजेको समयमा कैलालीबाट बर्दिया तर्फ आउने क्रममा कर्णाली नदीको बिच भागमा अचानक डुङ्गाको पंखामा समस्या आएपछि बगेको थियो ।
घटनाबारे स्थानियले खबर गरेसँगै सशस्त्र प्रहरीले उद्दार गरेको हो ।