August 12, 2026, Wednesday
२७ श्रावण २०८३, बुधबार
Trending

साथी संस्थाद्वारा बढैयातालमा परियोजना जानकारी तथा परिचयात्मक कार्यक्रम

साथी संस्थाद्वारा बढैयातालमा परियोजना जानकारी तथा परिचयात्मक कार्यक्रम

बढैयाताल । कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन तथा रोकथाम परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम भदौ १८ गते मैनापोखरमा सम्पन्न भएको छ। साथी संस्था बाँकेका फोकल पर्सन सरस्वती शर्माको अध्यक्षता एवम् बढैयाताल गाउँपालिका उपाध्यक्ष दीपा गौतमको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीको विशेष आथित्यता, प्लान इन्टर नेसनल कमला राइ लगायतको उपस्थितीमा सो कार्यक्रम भएको हो । साथी संस्थाले प्लान इन्टरनेसनलको सहयोगमा बढैयाताल गाउँपालिका मा सञ्चालनमा ल्याएको कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन तथा रोकथाम समस्या सान्दर्भिक रहेकोले कार्यक्रमको पूर्ण सफलताको लागि सबै लाग्नु पर्ने उपाध्यक्ष गौतमको भनाइ छ।