May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

गुलरिया । साथी संस्था बाँकेले बर्दियामा कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन  तथा रोकथाम परियोजना सुरु गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा संस्थाले बर्दियाको राजापुर, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सो परियोजना सुरु गरेको हो । साथी संस्था बाँकेले गुलरिया नगरपालिकामा सञ्चालनमा ल्याएको कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन  तथा रोकथाम परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न भएको छ। साथी संस्था बाँकेका मिडिया सल्लाहाकार यम नाथ घिमिरेको अध्यक्षतातमा भएको कार्यक्रममा प्रमुख आथियी जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर थारु, जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रजिअ माधव प्रसाद शर्मा, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा , नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष यादव आचार्य लगायतले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिनु भयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेल, गुलरिया नगरपालिका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डे, शिक्षा शाखा प्रमुख सतीश यादव, महिला विकास शाखा अधिकृत शिला शाह, लगायतको उपस्थिति थियो। कार्यक्रममा परियोजना बारे प्लान इन्टरनेसनलकी कार्यक्रम प्रबन्धक कमला राई कार्यक्रम अधिकृत कुलराज दहितले प्रकाश पार्नु भयो भने स्वागत मन्तब्य फिल्ड सुपरभाइजर बिनिता परियारले गर्नु भयो कार्यक्रम सञ्चालन सुपरभाइजर सुनिता चौधरीले गर्नु भएको थियो। परियोजनाका लागि गुलरियामा २५लाख ११ हजार ८ सय२८ बजेट विनियोजन गरिएको छ।
साथी संस्था महिला बालबालिका तथा युवतीहरूले भोगेका हिंसा र विभेदका विभिन्न रूपहरू सम्बोधन गर्न १९९२ मा स्थापना भएको गैर–सरकारी संस्था हो। नेपालमा घरेलु हिंसाप्रति महत्वपूर्ण राष्ट्रिय ध्यान आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने यो पहिलो संगठन हो । सुरक्षित र हिंसामुक्त समाज बनाउन महिला र बालबालिकाहरू सम्मान र मर्यादाका साथ जिउन सक्दछन् भनेर यसले निरन्तर निरन्तर प्रयास गरिरहेको छ।
परियोजनामा कार्यक्रम अधिकृत१ जना,लेखा अधिकृत१ जना ,फिल्ड सुपरभाइजर ४ जना गरी हाल ६ जना कर्मचारी रहेका छन् ।