लागू औषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरीको शून्य सहनशीलता

लागू औषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरीको शून्य सहनशीलता

गुलरिया।  लागू औषध र तस्करी नियन्त्रणमा बर्दिया प्रहरी सशक्त र प्रभावकारी रूपमा अगाडी बढिरहेको छ ।
भदौ १० गते बर्दिया गेरुवा गाउँपालिका वडा नं.२ बस्ने बर्ष २३ को राजेश थारु र ऐ.वडा नं.३ बस्ने बर्ष २३ को अमित बि.क. पक्राउ परेका छन् । प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया वडा नं.११ लालपुरगाउँ स्थित सडक बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी खान तलासी लिंदा निजहरुको साथबाट ५३ ट्याब्लेट लागु औषध नाईट्राभेट फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले  बताउनु भयो । लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको छ।
भदौ १० गते सिमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको प्रहरी टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि भे.५प. १६८७ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याई सडक छेउमा वेवारिसे अवस्थामा राखेका अन्दाजी मुल्य रू ६० हजार ६ सय बराबरका डोरी, चुल्हो र मोटरसाईकल समेत फेला पारेको छ । रितपुर्वक बरामद गरी आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको  सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनु भयो।