July 23, 2024, Tuesday
८ श्रावण २०८१, मंगलवार
Trending

बिराट नेपाल मेडिकल ट्रस्टद्वारा स्वास्थ्य सामाग्री सहयोग

बिराट नेपाल मेडिकल ट्रस्टद्वारा स्वास्थ्य सामाग्री सहयोग

राजापुर । बिराट नेपाल मेडिकल ट्रष्टले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ।
संकटको चरणबाट प्रभावित समुदायहरुलाई आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत क्षयरोग तथा कोभिड १९ बिरामीलाई मध्येयनजर राख्दै सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।
बिराट नेपाल मेडिकल ट्रष्ट बर्दिया संयोजक निलिशा न्यौपानेले राजापुर स्वास्थ्य शाखा संयोजक गणेश अर्याल मार्फत राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पिपिई ४० थान, सर्जिकल माक्स १०००पिस, पंजा १० प्याकेट, ९५ माक्स ५० पिस, फेसिल्ड ५० पिस,२०० एमएल हेन्ड सेनिटाईजर ५० पिस, ५०० एमएल हेन्ड सेनिटाईजर १० पिस सहयोग प्रदान गर्नु भएको छ ।
बिराट नेपाल मेडिकल ट्रष्ट बर्दिया संयोजक निलिशा न्यौपानेले बर्दिया जिल्लाका ८वटा तहका १० स्वास्थ्य सस्थालाई सोही अनुसारको ७ लाख बराबरको स्वास्थ्य सामाग्री र प्रदान गर्ने बताउदै ८ वटै तहका टिबीका विमारीका लागि २५० थान हाइजेनिक किटको व्यवस्था जानकारी दिनु भयो