December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

बर्दिया। ट्राफिक प्रहरीको नियमित सकृयता, प्रभावकारी  चेक जाँचले जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन झण्डै दोब्बर बढेको छ ।  आर्थिक वर्ष ०७६/०७७ भन्दा करिव दोब्बर बढीले राजश्व संकलन भएको हो ।
अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ६५लाख २ हजार राजस्व संकलन भएकोमा गत आ व ०७७/७८ मा एक करोड १५ लाख ९ हजार ५ सय राजश्व संकलन भएको बर्दिया जिल्ला ट्राफिक  प्रहरी प्रमुख प्र ना नी गोपाल बहादुर ज्ञवालीले बताउनु भयो ।
पूर्व पश्चिम राजमार्ग,  हुलाकी राजमार्ग, रत्न राजमार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउनेबाट कारवाही गर्दा सो परिमाणको राजश्व संकलन भएको कार्यालय प्रमुख  ज्ञवालीले जानकारी दिनुभयोे । ट्राफिक नियम उल्लंघन ट्रक, बस, जिपकार, टेक्टर, मोटरसाइकल लगायतका सवारी साधन बढी छन् ।
ट्राफिक नियमको पूर्णपालना र दुर्घटना न्यूनिकरणका सवालमा पनि विभिन्न सचेतिकरणका कार्यक्रमहरु भइरहेको ज्ञवालीले बताउनुभयो ।
यस्ता छन् आर्थिक वर्ष ७७/ ७८ मा गरिएका कार्यहरु
१-चालक,सहचालक तथा धनीहरुलाई गरी ८९ पटकमा ६२७७ जनालाई प्रशिक्षण दिईएको ।
२- बिद्यार्थीहरुलाई २३ पटकमा ५८१० जनालाई प्रशिक्षण दिईएको ।
३- सर्बसाधारणलाई २९ पटकमा ५३६० जनालाई प्रशिक्षण जनालाई प्रशिक्षण दिईएको ।
४- बिभिन्न समयमा १०६५० प्रती जनचेतनामुलक पर्चा पम्पलेटहरु बितरण गरीएको ।
५- दुर्घटना बढी हुने स्थानहरुको पहिचान गरी ८ स्थानहरुमा सम्भावित दुर्घटना ग्रस्त क्षेत्र लेखीएका बोर्डहरु गुलरिया,राजापुर,मैनापोखर,बासगढी ।
६- सरोकारवाला निकायहरुसँग समन्वय गरी ३ पटकमा ३८० जना व्यक्तित्वहरुसंग अन्तर्किया कार्यक्रम गरिएको ।
७- राजापुर मुख्य चोकमा ट्राफिक आईलन राखीएको।
८- छाडा चौपायहरुलाई ब्यवस्थापन गर्न बारबर्दिया न.पा ०९ मा कान्जि घर बनाई चौपाय नियन्त्रण गरिएको।
९- मा.प.से. चेकजाँचमा कडाई गरिएको ।
१०-दैनिक चेकजाँच र पिकेट डिउटीलाई प्रभावकारी बनाईएको ।
११- ७ ओटा मो.सा. पक्राउ गरि आवश्यक कार्बाहिको लागी राजापुर भन्सार कार्यालय पठाईएको र अन्य ६ ओटा मो.सा. कार्यालयमा कार्बाहिको प्रक्रियामा रहेको।
१२- बर्दिया जिल्लामा संचालित सम्पुर्ण अटोरिक्साहरुलाई दाहिने तर्फ अनिवार्य रुपमा डण्डी राख्न लगाईएको साथै आवश्यक कागजात नबनाई चलाउने परिपाटीलाई निरुत्साहित गरिएको।
१५- आफु खुशी सवारीको स्वरुप परिवर्तन गर्ने कार्यलाई पुर्ण रुपमा नियन्त्रण गरिएको ।
१६-बिभिन्न सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक बिभिन्न स्थानहरुमा ब्यारीगेट,कोणहरु राखिएको ।
१७-क्षमता भन्दा बढी यात्रु तथा मालसामान बोकि हिड्ने सवारीलाई निरुत्साहित गरएको।
१८-बिना परमिड चल्ने सवारीहरुलाई निरुत्साहित गरिएको।