February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

सशस्त्र प्रहरीद्वारा बर्दियामा ८८ हजार १सय ८५ बराबरको सामान बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा ८८ हजार १सय ८५ बराबरको सामान बरामद

गुलरिया । नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दिया तथा मातहत बिओपिहरुबाट भदौ ३ गते चोरी तस्करी गरी सीमामा ओसार पोसार गरिरहेका अबैध डिजल¸चिनि¸ सिसम जातको काठ¸ हार्डवयर तथा कवाडी सामानहरु बरामद भएको छ । रु ८८ हजार १सय ८५ बराबरको सामान बरामद गरी आवश्यक कार्बाहीको लागि सम्बन्धीत कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनु भयो।