April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

गुलरिया । आज बबई नदीमा पानीको सतह  यस वर्षकै सबैभन्दा उच्च छ। बबई नदीको चेपाङ्गमा पानीको सतहले सतर्कता तह पार गरेको छ। पानी घट्दो रूपमा भएपनि सतर्कता तह ५.० मिटर पार गरी पानीको सतह ५.५८ मीटर पुगेको जल तथा मौसम विभागले जनाएको छ। चेपाङ्ग पानीले सतर्कता तह पार गरी खतराको तह ( ६.१० मीटर) नजिक रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको र उद्दार टोलीलाई उच्च सतर्कतामा राखिएको  सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो।हाल देशका केहि स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ र लुम्बिनी प्रदेशको थोरै स्थानमा चट्टयाङ्ग सहित भारी वर्षा भइरहेको छ। अहिले विकसित प्रणाली उत्तर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेश र प्रदेश नं २ मा चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहको जल तथा मौसम विभागले जनाएको छ।