बर्दियाको घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि नार्क पठाइयो
गुलरिया । बर्दियाको घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि नार्क पठाइएको छ । स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसंगै घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि पठाइएको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आ व २०७८/७९को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण कार्यक्रममा कार्यालय प्रमुख विनोद घिमिरेले करार खेती कार्यक्रममा लक्ष्य अनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्न बालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादन तर्फ आकर्षित भएको बताउनु भयो । स्मार्ट कृषि गाउँ कार्यक्रम तर्फ मकै, आलु, बाख्रा, बगुरको मूल्य श्रृंखला विकासमा अब्बल बन्दै दिगो व्यवसायिक उत्पादन सुरु भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ । जिल्लामा मकै र बंगुर मिसन कार्यक्रम सफल रहेको छ। बंगुर स्रोत केन्द्र, बंगुर मिसन र बंगुर स्मार्ट गाउँ केन्द्रित रहेको बार बर्दिया र बाँसगढी क्षेत्र बंगुरको हबको रूपमा विकसित भइरहेको छ। आ व २०७८/७९मा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आ व २०७८/७९मा ६७.५६ प्रतिशत वित्तीय र ८५.५० प्रतिशत भारती प्रगति गरेको छ। कार्यालय प्रमुख विनोद घिमिरेको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शंकर थारुको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख कोष नियन्त्रक ध्रुव चन्द्र गौतम, घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख मोहन घर्ती मगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरे लगायतको सहभागिता थियो।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्रसार अधिकृत सुजिता शर्माले सञ्चालन गरेको कार्यक्रममा बागवानी विकास अधिकृत सन्तोष पाठकले प्रस्तुतिकरण मा सहजीकरण गर्नु भएको थियो।
प्रतिकृया दिनुहोस्