January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

गुलरियामा सशस्त्र प्रहरी शहीदहरू प्रति समर्पित शहीद स्मारक पार्क निर्माण

गुलरियामा सशस्त्र प्रहरी शहीदहरू प्रति समर्पित शहीद स्मारक पार्क निर्माण

लुम्बिनी पत्र । बिरगति प्राप्त अमर सशस्त्र प्रहरी शहीदहरू प्रति समर्पित शहीद स्मारक पार्क बर्दियामा पहिलो पटक निर्माण गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतको कार्यकालमा सशस्त्र प्रहरी बल नेपाल नेपाल न ३१ गण हेड क्वार्टर गुलरिया ८ सुरजपुर परिसरमा सो पार्क निर्माण गरिएको हो ।  नवनिर्मित पार्कको  बिरगति प्राप्त अमर सशस्त्र प्रहरी शहीदका परिवारजनको उपस्थितीमा सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले फूलमाला, गुच्छा, चढाई र सलामी दिइ  उद्घाटन गर्नु भएको हो । सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक रावतले बिरगति प्राप्त अमर सशस्त्र प्रहरी शहीदका परिवारजनसंग अन्तरकृया ,भलाकुसारी ,सामुहिक भोजन,सामुहिक तस्बिर खिच्ने कार्य समेत गर्नुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द के सि ले बताउनु भयो।