January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

२२५ जना  पुर्ब प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी कर्मचारीलाई नि:शुल्क स्वास्थ्य चेकजाँच तथा औषधि बित

२२५ जना  पुर्ब प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी कर्मचारीलाई नि:शुल्क स्वास्थ्य चेकजाँच तथा औषधि बित

लुम्बिनी पत्र ।जिल्ला प्रहरी कार्यालय र मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बांकेको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य एकदिने नि:शुल्क स्वास्थ्य जांच सेवा संचालन गरिएको छ।  जिल्ला प्रहरी  कार्यालयको प्राङ्गणमा पुर्ब प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी कर्मचारीका लागि एकदिने नि:शुल्क स्वास्थ्य जांच सेवा संचालन गरिएको हो।
नाक, कान, घाँटी, हाडजोर्नी, गोईनोलोजिस्ट, मुटु, डेण्टल, बल्ड प्रेसर र जनरल ओ.पि.डी. सेवा गरी जम्मा २२५ जना  पुर्ब प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी कर्मचारीलाई नि:शुल्क स्वास्थ्य चेकजाँच, परामर्श सेवा तथा औषधी समेत बितरण गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो । कार्यक्रममा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बांकेका बिशेषज्ञ चिकित्सक सहित १४ जना स्वास्थकर्मी र भेरी अस्पताल बांकेका कार्डियोलोजिस्ट डाक्टर बिपिन आचार्य, अर्थोपेडिक डाक्टर राहुल मिश्र लगायतले बिरामीहरूको स्वास्थ्य जाँच गर्नु भएको थियो ।
नि:शुल्क स्वास्थ्य चेकजाँच, परामर्श सेवा तथा औषधी समेत बितरण कार्यक्रमको प्रजिअ सन्त बहादुर सुनारले उद्घाटन गर्नु भएको प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयो ।