अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ
लुम्बिनी पत्र । अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ परेका छन् । बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं.१९ फुटाहबाट उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ घर भई हाल वडा नं.२१ पुरैना वस्ने वर्ष ३१ अजिज अहमद शेष हुन । हातहतियार सहित शंकास्पद मानिस हिडिरहेको भन्ने सूचनाको आधारमा असार २३ गते अं.१४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । चलाई रहेको निलो रंगको जेन्स एटलस साईकल पुरैना बाट राँझा तर्फ जादै गरेको अवस्थामा निजलाई रोकि चेकजाँच गर्दा निजको साथबाट अटोमेटिक पेस्तोल थान १ फेला पारी बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनु भयो।
प्रतिकृया दिनुहोस्