बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र
लुम्बिनी पत्र । बर्दिया लगायत लुम्बिनी प्रदेशका जिल्लाहरुको बिभिन्न स्थानहरुमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा अन्य प्रहरी युनिटहरुसंगको सहकार्यमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको जिल्ला ट्राफीक प्रहरी कार्यालय बर्दियाका प्रमुख गोपाल वहादुर ज्ञवालीले बताउनु भयो । चेक जाँचका क्रममा नम्बर प्लेट नराखी तथा स्पष्ट नम्बर नभएका सवारी साधन हरुलाई नियन्त्रणमा लिई नम्बर स्पष्ट पार्न लगाई आवश्यक सम्झाई-बुझाई गरीएको प्रमुख ज्ञवालीले बताउनु भयो। कोभिड संक्रमणको जोखिम कायम रहेकाले यात्रु, सवारी धनी तथा सवारी चालकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी प्रजिअबाट जारी भएको नीशेधाज्ञाको तोकिएको प्रावधान बमोजिम मात्र तोकिएको सवारी साधन चलाउन ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको तथ्याङ्कमा वैशाखमा ९९१ वटा, जेठमा ४९३ वटा सवारी साधन कारवाहीमा परेको देखिन्छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुखमा हालै सरुवा भएर आउनु भएका प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि काम गर्न मातहत इकाइहरुलाई निर्देशन दिनु भएको छ।
प्रतिकृया दिनुहोस्