March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार
Trending

घरबेटीविरुद्ध सुनारद्वारा रिट निवेदन

घरबेटीविरुद्ध सुनारद्वारा  रिट निवेदन

सर्वोच्च अदालतमा तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध कारवाही गर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाई आज दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । रिट निवेदनमा कोठा भाडामा लिने÷दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय कामी थरको भन्ने थाहा पाएपछि कोठा दिन अस्वीकार गरेको उल्लेख छ ।

संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था जातीय भेदभाव तथा छुवाछूत कसुरको कसुरदारलाई कानूनबमोजिम कारवाही तथा मेरो मौलिक हकको संरक्षणका गर्न आदेशको माग रिट निवेदनमा गरिएको छ । शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले हुँदा निजलाई पदबाट हटाई जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारवाहीको मागसमेत रिट निवेदनमा गरिएको छ । घरबेटीको उक्त कार्यबाट आफूलाई आत्मसम्मान तथा मर्यादामा चोट पुगेको हुँदा विपक्षीविरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारवाही गर्न माग छ ।