May 3, 2026, Sunday
२० बैशाख २०८३, आईतवार
Trending

आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मा गृह जिल्ला बर्दियामा

गुलरिया । प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक बर्दिया आउनु भएका प्रदेश सरकार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवम् ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला इन्चार्ज तिलक राम शर्मा (हिमाल)लाई गृह जिल्लामा स्वागत गरिएको छ। गृह जिल्ला प्रवेशका क्रममा ने क पा माओवादी केन्द्रका केन्द्रका बर्दिया जिल्ला अध्यक्ष भवन कुमार चौधरी, जिल्ला सचिवालय सदस्य एवम् बढैया ताल इन्चार्ज राधा आचार्य(बबिता) लगायतका नेता  तथा कार्यकर्ताले बाँसगढीमा  स्वागत तथा सम्मान गरेका छन्। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री माननीय शर्माले आफ्नो गृह जिल्ला पुग्ने क्रममा मुगु दुर्घटनामा घाईते भई नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा उपचाररत बिरामीहरूको हौंसला प्रदान गर्नु भएको छ। उँहाले मेडिकल कलेजका प्रबन्ध संचालक डा. सुरेश कुमार कानाेडियासंग घाईते बिरामी हरूलाई आवस्यक उपचारमा कुनै पनि कमी कमजाेरी हुन निर्देशन दिनु भयो। मन्त्री शर्मासँग संबिधान सभा उपसभामुख पुर्ण कुमारी सुवेदी , अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष पन्चा सिंह नेकपा (माओवादी केन्द्र )  का नेता चन्द्रकान्ता सुवेदी , नरेन्द्र न्याैपाने  अस्पताल प्रशासन अधिकृत संजय पन्त र डा. देबेन्द्र आचार्य लगायत अस्पतालका कर्मचारीहरूकाे  उपस्थिति रहेकाे थियाे ।आजै सहिद पार्क गुलरिया बर्दियामा नव नियुक्त  मन्त्री  शर्माले वीर सहिदहरु प्रती माल्यार्पण गर्ने कार्यक्रम र तत्पश्चात बिजया गेस्ट हाउसमा शुभकामना आदानप्रदान कार्यक्रम रहेको छ।