July 28, 2026, Tuesday
१२ श्रावण २०८३, मंगलवार
Trending

कांग्रेस नेता तिमिल्सिनाद्वारा गुलरिया नगरपालिकालाइ स्वास्थ्य सामाग्री सहयोग

कांग्रेस नेता तिमिल्सिनाद्वारा गुलरिया नगरपालिकालाइ स्वास्थ्य सामाग्री सहयोग

गुलरिया । नेपाली कांग्रेसका युवा नेता,संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले गुलरिया नगरपालिकालाइ १० हजार थान सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको छ । गुलरिया नगरपालिका नगर कार्यपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरित स्वास्थ्य सामाग्रीमा १० हजार थान सर्जिकल मास्क, १ हजार थान एन नाइन्टी फाइभ मास्क, ५० लिटर सेनिटाइजर, फेस शिल्ड २ थान पनि गरी ५ मूल्य बराबरका सामाग्री रहेको प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बताउनु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले स्वास्थ्य, शिक्षा लगायतका सामाजिक विषयलाई प्राथमिकता प्रदान गरेको बताउनु भयो।