August 4, 2026, Tuesday
१९ श्रावण २०८३, मंगलवार
Trending

गुलरिया मूर्तीहा नाकाको लागि सांसद गौतमको थप पहल

गुलरिया मूर्तीहा नाकाको लागि सांसद गौतमको थप पहल

गुलरिया । बर्दिया लगायत पश्चिम नेपालको विकास एवम् समृद्धिमा निरन्तर सक्रिय अतुलनीय योगदान पुर्याउदै आउनु भएका संघीय सांसद, नेपाली कांग्रेस बर्दियाका सभापति,पूर्व मन्त्री सञ्जय कुमार गौतमले गुलरिया (सुरजपुर) – मुर्तीहा नाकामा यात्रु तथा सवारी साधन आवागमनको सुविधा प्रदान गर्न गराउन पहल गर्नु भएको छ । स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाएर गुलरिया (सुरजपुर) – मुर्तीहा नाकामा यात्रु तथा सवारी साधन आवागमनको सुविधा प्रदान गर्न गराउन गृहमन्त्री बालकृष्ण खाँड, गृह सचिव टेक नारायण पाण्डे, भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटालाई  शुक्रबार बिहान उँहाले टेलिफोन गर्नुभएको छ। नेपालको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सुशासन, बर्दिया लगायत पश्चिम नेपालको विकास एवम् समृद्धिमा  गौतमले निरन्तर सक्रिय अतुलनीय योगदान पुर्याउदै आउनु  भएको छ ।  असल राष्ट्रवादी राष्ट्रिय व्यक्तित्व संघीय सांसद, नेपाली कांग्रेस बर्दियाका सभापति, पूर्व मन्त्री गौतमलाइ सम्मानस्वरुप नेपालको राष्ट्रिय चिन्ह र प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक स्व. बि पि कोइरालाको तस्बिर मायाको चिनो प्रदान समेत गरिएको छ।