नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

नेपालगञ्ज र बर्दियामा निःशुल्क सीपमूलक तालिम सुरु हुँदै, आवेदन खुला

नेपालगञ्ज/बर्दिया —  लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज र बर्दियाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न व्यवसायिक तथा सीपमूलक तालिमहरू सञ्चालन गर्न लागेका छन्।

नेपालगञ्जस्थित कार्यालयले तीन वटा तालिमका लागि छनौट भएका प्रशिक्षार्थीहरूलाई तोकिएको मितिमा बिहान १०:३० बजे कार्यालयमा उपस्थित हुन सूचित गरेको छ।

नेपालगञ्ज तालिम विवरण:

सि.नं. तालिमको विषय सञ्चालन मिति अवधि
1 एडभान्स ब्युटिसियन तालिम २०८२/०७/२५ ३९० घण्टा
2 आधारभूत मन्टेश्वरी तालिम २०८२/०७/२६ ३९० घण्टा
3 जनरल कुक तालिम २०८२/०७/२७ ३९० घण्टा

उक्त तालिमहरू सिप विकास तथा रोजगारी सृजनाको उद्देश्यले आयोजना गरिएका हुन्।

सम्पर्क: घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज फोन: ०८४-५३०३१४ इमेल: esloburike@gmail.com

बर्दियास्थित कार्यालयले भने थप विविध विषयमा तालिम सञ्चालन गर्न लागेको छ। इच्छुक उद्यमी तथा व्यक्तिहरूले सूचना प्रकाशित मितिबाट १५ दिनभित्र कार्यालयमा उपस्थित भई वा ईमेलमार्फत आवेदन दिन सक्नेछन्।

बर्दिया तालिम विषयहरू:

  • थारु हस्तकला निर्माण तालिम (३९० घण्टा, सिप परीक्षणसहित)
  • प्लम्बिङ तालिम (३९० घण्टा, सिप परीक्षणसहित)
  • बाँस फर्निचर निर्माण तालिम (३९० घण्टा, सिप परीक्षणसहित)
  • एसी, फ्रिज तथा अन्य इलेक्ट्रोनिक्स सामान मर्मत तालिम
  • वेल तथा बाँसका हस्तकलाका सामग्री निर्माण तालिम
  • पटेर/काकलबाट गुन्डी, ढकिया लगायत हस्तकलाका सामग्री उत्पादन तालिम

प्रशिक्षार्थीको योग्यता:

  • न्यूनतम १८ वर्ष उमेर पुगेको नेपाली नागरिक
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य
  • लुम्बिनी प्रदेशमा स्थायी बसोबास
  • सोही विषयमा पहिले तालिम नलिएको स्वघोषणा
  • लक्षित वर्ग पुष्ट गर्ने कागजात अनिवार्य
  • तालिमपछि सिप प्रयोगको व्यवसायिक योजना पेश गर्नुपर्ने

छनौट प्रक्रिया: व्यवसायिक तथा सिपमूलक तालिम कार्यविधि, २०८० को दफा ४ अनुसार गठित समितिको सिफारिसमा अन्तर्वार्ता मार्फत छनौट गरिनेछ। म्याद नाघेका वा अपूर्ण निवेदनहरू स्वीकार गरिने छैनन्।

तालिमको मिति, स्थान र अन्य विवरणहरू आवश्यकता अनुसार पछि प्रकाशित गरिनेछ।

थप जानकारीका लागि: स.क.अ. डोलनाथ अधिकारी — ९८४८०३२३५३ फेसबुक पेज: घरेलु बर्दिया

आवेदन फारम प्राप्त गर्ने स्थान: कार्यालय वा घरेलु बर्दिया फेसबुक पेजबाट