May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

Gen Z आन्दोलनको कार्यक्रम फिर्ता, बर्दियामा कर्फ्यू आदेश जारी

Gen Z आन्दोलनको कार्यक्रम फिर्ता, बर्दियामा कर्फ्यू आदेश जारी

गुलरिया, बर्दिया — बर्दिया जिल्लामा पछिल्लो समय भएको Gen Z आन्दोलनहिन्दुबादी समूहद्वारा गरिएको आगजनी तथा सरकारी कार्यालयमा आक्रमणका घटनाहरूले जिल्लाको सुरक्षा अवस्था गम्भीर बनेको छ। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय बर्दियाले दुईवटा अत्यन्त जरुरी सूचना जारी गरेको छ।

Gen Z आन्दोलनबारे प्रशासनको सूचना

नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयको जिल्ला प्रशासन कार्यालय बर्दियाले भदौ २५ गते जारी गरेको सूचनामा भनिएको छ कि Gen Z समूहले आफ्ना सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा फिर्ता लिएको जानकारी प्राप्त भएको छ। प्रशासनले स्पष्ट रूपमा चेतावनी दिएको छ कि अबको दिनमा Gen Z को नाममा कुनै पनि अराजक वा अपराधिक गतिविधि गर्ने व्यक्तिहरूलाई प्रचलित कानूनअनुसार कारवाही गरिनेछ

सूचना अनुसार, कानून उल्लंघन गर्ने जो कोहीलाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अघि बढाइनेछ। प्रशासकीय अधिकृत विमल गुरुङद्वारा हस्ताक्षरित उक्त सूचनामा सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरिएको छ।

बर्दियामा कर्फ्यू आदेश जारी

यसअघि साउन २४ गते, जिल्ला प्रशासन कार्यालयले हिन्दुबादी समूहद्वारा गरिएको आगजनी तथा Gen Z आन्दोलनको क्रममा विभिन्न क्षेत्रमा भएको प्रदर्शनमा अवाञ्छित तत्वहरूको घुसपैठ भई सार्वजनिक सम्पत्ति र नागरिक सुरक्षामा गम्भीर क्षति पुगेको भन्दै कर्फ्यू आदेश जारी गरेको थियो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, साउन २४ गते राति ११:०० बजेबाट सम्पूर्ण बर्दिया जिल्लाभर कर्फ्यू लागू गरिएको हो।

कर्फ्यू आदेशका प्रमुख बुँदाहरू:

  • कुनै पनि व्यक्ति घर बाहिर निस्कन, सभा, जुलुस वा प्रदर्शन गर्न पाउने छैनन्
  • आदेशको उल्लंघन गर्ने जो कोहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानूनअनुसार कारवाही गरिनेछ।
  • स्थिति नियन्त्रणका लागि नेपाली सेना सहित सम्पूर्ण सुरक्षा निकायहरू परिचालन गरिएको छ।

जिल्ला प्रशासनले आम नागरिकलाई शान्ति कायम राख्न, कानून विपरीतका गतिविधिबाट टाढा रहन, र कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।