डिभिजन वन कार्यालय रुपन्देहीमा सचिव प्रमोद भटराईको अनुगमन, उत्कृष्ट कार्यको प्रशंसा
लुम्बिनी — लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भटराईले हालै डिभिजन वन कार्यालय रुपन्देहीको अनुगमन भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणको क्रममा उहाँले कार्यालयमा विद्यमान जनशक्ति, भौतिक पूर्वाधारको अवस्था, वन्यजन्तु उद्धार तथा संरक्षण, आखेटोपहार व्यवस्थापन, नर्सरीको अवस्था लगायतका विविध पक्षहरूको अवलोकन गर्नुभयो।
सचिव भटराईले डिभिजन वन कार्यालयले विगतमा गरेका कार्यहरूको तुलनात्मक विश्लेषण गर्दै प्रशंसा प्रकट गर्नुभयो। उहाँले वन संरक्षण तथा व्यवस्थापनमा कार्यालयले देखाएको सक्रियता, नवीनतम प्रयासहरू तथा जनसहभागितामा आधारित कार्यक्रमहरूको सराहना गर्नुभयो।
यस अवसरमा डिभिजनल वन अधिकृत प्रविण विडारी नेतृत्वमा संपूर्ण कार्यालय परिवार उपस्थित थियो। सचिव भटराईको भ्रमणले कर्मचारीहरूमा थप उत्साह र प्रेरणा थपिएको महसुस गरिएको छ।
वन्यजन्तु उद्धार, नर्सरी व्यवस्थापन, तथा आखेटोपहार नियन्त्रणमा कार्यालयले देखाएको प्रतिबद्धता प्रदेशस्तरमै उदाहरणीय रहेको सचिव भटराईले उल्लेख गर्नुभयो।

प्रतिकृया दिनुहोस्