राजापुरमा अमर शहीद दशरथ चन्द मा.वि.को नयाँ भवन उद्घाटन
बर्दिया — राजापुर नगरपालिकाको आर्थिक सहयोगमा अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा निर्माण गरिएको चार कोठे पक्की भवनको समुद्घाटन नगरप्रमुख दिपेश थारु एक विशेष समारोहका बीच सम्पन्न गर्नुभएको छ।
विद्यार्थीको संख्यात्मक वृद्धि र दशै वडामा देखिएको शैक्षिक पूर्वाधारको आवश्यकता अनुसार नगरपालिकाले थप भौतिक संरचना निर्माणको योजना अघि सारेको छ। नगरको आर्थिक स्थिति र प्राथमिकताका आधारमा विद्यालय क्षेत्रमा विद्यार्थीहरूलाई सास्ती नहुने गरी भवन निर्माण कार्य क्रमशः अगाडि बढाइने जनाइएको छ।
समुद्घाटन समारोहमा नगरप्रमुख थारुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी दिनमा पनि विद्यालयहरूको स्तरोन्नति र पहुँच विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पालिकाले बाल कक्षा देखि कक्षा १२ सम्मका सबै विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्दै आएको छ, जसले नगर क्षेत्रका बालबालिकाको शैक्षिक पहुँचलाई अझ सहज बनाएको छ।

प्रतिकृया दिनुहोस्