April 30, 2026, Thursday
१७ बैशाख २०८३, बिहीबार
Trending

१२० ग्राम लागुऔषध ब्राउन सुगरसहित २ बालक पक्राउ

१२० ग्राम लागुऔषध ब्राउन सुगरसहित २ बालक पक्राउ

बढैयताल। बढैयाताल ५ का २ बालक बढैया ताल ६ रानीपुरबाट १२० ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।

मिति २०८१ साउन ८ गते साँझ ६ बजेको समयमा भारतबाट ल्याएको ब्राउन सुगर सहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो।

पक्राउ पारेका बालकहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसंधान भइरहेको छ।