April 29, 2026, Wednesday
१६ बैशाख २०८३, बुधबार
Trending

पूर्वी रुकुममा पहिलो पटक महासंघको जिल्ला शाखा गठन

पूर्वी रुकुममा पहिलो पटक महासंघको जिल्ला शाखा गठन

पूर्वी रुकुम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वकाे ऐतिहासिक प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको विशेष उपस्थितिमा सम्पन्न भेलाले मैत्या घर्ती मगरको अध्यक्षतामा जिल्ला कार्यसमिति तथा केन्द्रीय र संघिय परिषद् प्रतिनिधिहरु निर्वाचित गरेको छ।
जिल्ला शाखाको उपाध्यक्षमा महेश केसी र सर्जना कार्की, सचिवमा जितेन्द्र बुढाथोकी, सहसचिवमा मदन बिसी र बिक्रम परियार, काेषाध्यक्षमा चेतकुमार बिसी निर्वाचित गरेको छ।
सदस्यहरुमा गाेविन्द पुन, प्रभात गुरुङ , जयकुमार श्रेष्ठ , बसम मल्ल, पुजा बुढाथोकी निर्वाचित हुनु भएको छ।
केन्द्रीय परिषद् प्रतिनिधि गणेश ओली, कर्मशइ घर्ती मगर तथा लुम्बिनी प्रदेश परिषद् प्रतिनिधिमा बसन्त बाँठा मगर
र सरिता बुढाथोकी निर्वाचित हुनु भएको छ।