April 30, 2026, Thursday
१७ बैशाख २०८३, बिहीबार
Trending

निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

तुलसीपुर। कार्तिक २१ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा मध्य पश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी यम प्रसाद ढकाल, दाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत  न्यायाधीश कृपासुर कार्की, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, लुम्बिनी प्रदेश राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सुमन बैद्य लगायत दाङ जिल्लाका सुरक्षा निकायका प्रमुखको समुपस्थितिमा  सो बैठक भएको हो ।