May 2, 2026, Saturday
१९ बैशाख २०८३, शनिबार
Trending

कांग्रेस नेता दीपक लेखकले साथीभाईसंग लिएको सापट रकम अझै बुझाएनन्

कांग्रेस नेता दीपक लेखकले साथीभाईसंग लिएको सापट रकम अझै बुझाएनन्

रोशन ज्ञवाली । आफूलाई नेपाल विद्यार्थी संघ (त्रिचन्द्र क्याम्पसकों) इकाई सदस्य र नेपाली काँग्रेसको नेता भएको बताउने दिपक लेखक अहिले आफ्नो साथीभाईको अन्दाजी १ करोड खाएर फरार भएका छन् । उनी अहिले कहाँ छन् अत्तोपत्तो छैन ।
सम्मानित काठमाडौं जिल्ला अदालतले निज लेखकलाई मंसिर २१ गते अदालतमा उपस्थित हुन अन्तिम म्याद जारी गरेको छ । निज लेखकले अदालतको मान मर्दनलाई समेत वेवास्ता गर्दै लुकिछिपी बसिरहेका छन् । मंसिर २१ गते पनि निज लेखक उपस्थित भएनन् भने अदालतले पक्राउ पूर्जि जारी गर्ने समेत भनिसकेको छ । तर उनी कहाँ लुकिछिपी बसिरहेका छन् थाहा हुन सकेको छैन । सूत्रका अनुसार उनी साँझ ९ बजे ससुराली (बत्तीसपुतली) जाने र विहानै ५ बजेनै बुढानिलकण्ठमा लुक्दै आएको बताइएको छ ।
उनको मोबाइल नम्बर ९८६८०६००३६, ९८४९०३४७३६ र ९८४९२७०४६० सधै “अफ” हुने गरेको छ । सूत्रका अनुसार उनले अर्कै मोबाइल नम्बर चलाइरहेको बताइएको छ ।
विगत डेढवर्षदेखि बर्दियाको राजापुरमा लुकिछिपी बस्दै आएका उनी अहिले काठमाडौंमा लुकिछिपी बसिरहेका छन् । नाम गोप्य राख्ने शर्तमा एकजना पीडितले यस लुम्बिनी पत्र दैनिकलाई बताए अनुसार उनले एकजनलाई १० लाखको चेक र पैसा लिएको कागज समेत गरेका रहेछन् । चेक २०७९ चैत अन्तिमको रहेछ । तर चेकमा पैसा नभए पछि निज पिडीतले पटक पटक फोन गर्दा उनको सधैं मोबाइल अफ हुने भएपछि निज पीडितले चेक बाउन्स र “ब्ल्याक लिस्ट”मा हालेका रहेछन् । त्यसपछि यस अनलाईमा समाचार प्रकाशित भएपछि उनले आफैं फोन गरेर “न्यूज हटाइ देउ” म पैसा दिन्छु भनेर पीडितसँग अनुनय विन्ति गरेका रहेछन् । तर २ महिना वित्दा समेत पैसा नपाएपछि पीडितले जिल्ला अदालत काठमाडांैमा उजुरी हाल्न बाध्य भए ।
त्यति मात्र राजापुरमा रहेको घर समेत ५२ लाखमा बेचेर त्यो पैसा आफ्नो श्रीमती नीति सेढाई (९८५१२११४४९) लाई दिएका रहेछन् तर उनले अरुसँग लिएको ऋण चुक्ता भने गरेका रहेनछन् ।