May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

बर्दिया प्रहरीले अदालतबाट दोषी ठहर भएका ९० जनालाई पक्राउ गर्यो

बर्दिया प्रहरीले अदालतबाट दोषी ठहर भएका ९० जनालाई पक्राउ गर्यो

लुम्बिनी पत्र । बर्दिया प्रहरीले पछिल्लो समय अदालतबाट दोषी ठहर गरेको ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट २१ लाख ९९ हजार २०९ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ । एक दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका-७ का ४५ वर्षीय बलबहादुर थापा क्षेत्री छन् । उनलाई इलाका प्रहरी कार्यालय बानियाभारको टोलीले पक्राउ गरेको हो ।
बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीका अनुसार सवारी ज्यान मुद्दामा बर्दिया जिल्ला अदालतले क्षेत्रीलाइ १ मंसिर २०७१ मा एक दिन कैद सजायको फैसला गरेको थियो । त्यसयता उनी फरार रहेका थिए । पक्राउ परेका क्षेत्रीलाई प्रहरीले अदालत पेस गरेको छ ।