May 2, 2026, Saturday
१९ बैशाख २०८३, शनिबार
Trending

जन्मदिनमा असहाय बिपन्न विद्यार्थीलाई सहयोग

जन्मदिनमा असहाय बिपन्न विद्यार्थीलाई सहयोग

मधुवन । नेपाली कांग्रेसका नेता, मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय,गरिब, टुहुरा बिपन्नहरुलाइ व्यक्तिगत रुपमा खाद्यान्न, फलफूल सहयोग गर्नु भएको छ। जन्मदिनमा फजुल खर्च गरेर भन्दा सहि ठाँउमा सहयोग गरेर पनि मनाउन सकिन्छ  भन्ने सन्देश दिन मधुवन १ पत्थरबोझीमा अध्ययनरत सरस्वती आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई कांग्रेस नेता नगर प्रमुख भाटले सो सहयोग गर्नु भएको हो। साथै उँहाले जन्मदिनको अवसरमा स्वामीको बिरुवा रोप्नु भएको छ।