May 2, 2026, Saturday
१९ बैशाख २०८३, शनिबार
Trending

बर्दियामा दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा

बर्दियामा दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा

गुलरिया । बर्दियामा १ वर्ष उमेरको १८ इंच लामो दुर्लभ प्रजातीको सुनगोहोरो  नियन्त्रणमा लिइएको छ।
सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर सुनगोहोरो नियन्त्रणमा लिई डिभिजन वन कार्यालय बर्दियालाइ बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढामगरले बताउनु भयाे। सुनगोहोरो नेपाल, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका दक्षिण एसियाका भूभागहरूमा पाइन्छ ।
साईटीस अनुसुचीमा सुचिकृत दुर्लभ वन्यजन्तु सुनगोहोरो मासु र छालाको लागि चोरी सिकार हुने गरेकोले दुर्लभ बन्दै गएको छ । सुनगोहोरोको शरीरमा रातो शरीर सुनौलो पट्टि भएको, शरीरको रङ अलि फुस्रो हुने गर्छ । १४०० मि. को उचाई सम्म पाईने छेपारो प्रजातीको यस गोहोरोको पुच्छर सहितको लम्बाई ८३ से.मी. सम्म हुने गर्छ ।