बर्दिया कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिदै
काठमाडाै । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा अभूतपूर्व कडाइ गर्दै १० बुँदे कडा सर्तहरू लागू गरेको छ। सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका कार्यालयहरूलाई परिपत्र जारी गर्दै यी नयाँ नियमहरू अनिवार्य पालना गर्न निर्देशन दिएका छन्। यस कदमले पार्टीभित्रको उम्मेदवार छनोटलाई व्यवस्थित, मर्यादित र स्वच्छ छवियुक्त बनाउने लक्ष्य कांग्रेसले लिएको देखिन्छ।
२०७९ सालको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ मा सभापति मुक्तिनाथ यादवले ११ जनाको नाम र सचिव मनोज वर्माले ८ जनाको नाम अलगअलग लेटरप्याड प्रयोग गरी सिफारिस गरेपछि विवाद चर्किएको थियो। दुवै सूचीमा सञ्जय कुमार गौतम, यमनाथ घिमिरे, महेन्द्र कुमार शर्मा, गंगाधर पौडेल, नेत्रबहादुर रानाभाट, महेन्द्रराज तिवारी,विवेक राजभण्डारी र कृष्णप्रसाद पोखरेलको नाम समावेश हुँदा यी आठ जनालाई सर्वसम्मत मानिएको थियो।
समानुपातिकतर्फ दुवै पक्षले जबेदा खातुन जागा, सरिफ अहमद सिद्धिकी, मोहनलाल थारु, खडानन्द तिवारी, खम्भ बहादुर घर्तिमगर, देवकी नन्दन त्रिपाठी, माया कुमारी पौडेल, कालुराम बिश्वकर्मा, शान्तिकुमारी अधिकारी, लक्ष्मी ढकाल र पवित्रा कुमारी अर्यालको नाम सिफारिस गरेका थिए।
यस क्रममा लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको नाम सभापति यादवको सूचीमा समावेश भए पनि पुनका स्वकीय सचिव योगेन्द्र अनुपम जीसीले विज्ञप्ति जारी गर्दै बर्दिया–१ बाट पुनको कुनै आधिकारिक उम्मेदवारी नरहेको र उहाँ रोल्पाबाट मात्र सिफारिस भएको स्पष्ट पारेका थिए। अन्ततः प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७९ अनुसार पहिले मनोनयनपत्र दर्ता गर्ने सञ्जय गौतमको उम्मेदवारी सदर भयो भने जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरको उम्मेदवारी खारेज भएको थियो।
बर्दिया क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ किशोर सिंह राठौर, आरजु देउवा राना, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, जन्मजय तिमिल्सिना, परशुराम थारु र भागीराम थारुको नाम सिफारिस भएको थियो।
समानुपातिकतर्फ फुलाराम थारु, भद्रबहादुर शाही, किरण शर्मा झा, नन्दाराम तिमिल्सिना, मालती सोडारी, सरिता देवी शर्मा, चन्द्रध्वज जि.सी., बद्री सिग्देल, मेनका देवी पौडेल, शसिराम वि.क., मनिषा गुरुङ, तर्क बहादुर शाही, दिप नारायण श्रेष्ठ, मोहनराज जोशी र मालती शाहको नाम सिफारिस गरिएको थियो।
यसैबीच, वर्दिया क्षेत्र नम्बर–२ मा २०८२ मंसीर १९ गतेआयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहमहामन्त्री किशोर सिंह राठौरले शाहीपुरमा सम्बोधन गर्दै तोकिएको मितिमा पार्टीको महाधिवेशन सम्पन्न गरी एकढिक्का भएर प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने आवश्यकता औंल्याए। उनले पार्टी एकता र जनताको विश्वासलाई बलियो बनाउन महाधिवेशनलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सम्बोधन समाप्त गरे।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको २०७९भदाै १९ गतेको निर्णयबाट बर्दिया प्रदेससभा सदस्य क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष तर्फ सोदे विष्ट, भवनेश्वर चौधरी, तिलक बहादुर बुढाक्षेत्रीको नाम सिफारिस भएका थिए। समानुपातिक तर्फ रत्ना थारु, टुकराज घिमिरे थिए ।
त्यस्तै प्रदेससभा सदस्य क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्षतर्फ मंगलप्रसाद थारु, बिजयदत्त देवकोटा, काशीराम चौधरी, भेषराज पौडेल (भरत), ठग्गुलाल रिजाल, सुभाष पोखरेल, रविन्द्र यादव र सुरेन्द्र थापा थिए। समानुपातिक तर्फ भिमलाल विश्वकर्मा, मिश्रीलाल अहिर, हरिप्रसाद थारु, मोहम्मद याकुब, राम पाण्डे र चिरञ्जीवी ज्ञवाली (घाईते अपांग), विश्वनाथ यादव, टोपबहादुर थापा, विपिन यादव र मुलचन्द्र यादव सिफारिस भएका थिए । समानुपातिक महिला तर्फ टिका अधिकारी, विन्दुकुमारी चौधरी, उर्मिला ताम्रकार र मनिषा यादव सिफारिस भएका थिए ।
प्रदेससभा सदस्य क्षेत्र नम्बर २ (क) प्रत्यक्ष तर्फ जग्गा प्रसाद पाण्डे, जंगबहादुर मल्ल (जीवन), रामचन्द्र थापा, विद्याप्रसाद खनाल, डबलसिंह साउद, युवराज अधिकारी र गणेश प्रसाद आचार्य सिफारिस भएका थिए । समानुपातिक तर्फ गोपाल प्रसाद पौडेल, बेदप्रसाद भण्डारी, तुल्सी पुन, सरस्वती शाह, अशोक कुमार सोडारी, सुरेश राज योगी, गोपाल बहादुर शाह, कालिका बिष्ट, लक्ष्मी देवी पौडेल, दुर्गा सापकोटा, जगत राम चौधरी, माघुराम थारु, राजबहादुर चौधरी, बिन्तीराम थारु, मैजु थारु, बृहस्पति चौधरी, रिताकुमारी महतो, चाँदनी चौधरी, जयराम विश्वकर्मा, धनविर परियार, प्रेमबहादुर सुनार, तारा अधिकारी शुक्ला र विनोद राय यादव सिफारिस भएका थिए।
प्रदेशसभा सदस्य क्षेत्र नम्बर २ (ख) प्रत्यक्ष तर्फ अरुणप्रकाश सिह राठौर, मिनराज चौधरी, जन्मजय तिमिल्सिना, हिमा कुमारी चौधरी, जनक बहादुर धामी, चन्द्रध्वज जि.सी., मथुरा प्रसाद थारु, कमल प्रसाद रेग्मी, कृष्णप्रसाद जैसी, दिनेश कुमार चौधरी, अलोक कुमार थारु, दरबारी थारु, देवमान थारु, छप्पुराम थारु, दिपक प्रसाद भण्डारी, धनिराम गिरी, कमल पाण्डे, रामस्वरुप थारु, योगेन्द्र बजगाइँ, मदन चौधरी थिए।समानुपातिक तर्फ फुलाराम थारु, सोमप्रसाद चौधरी, प्रशुराम सुनार, तारा चौधरी, प्रतिमा चौधरी, राजु बडुवाल खत्री, नाचुराम चौधरी, बालकुमारी सिंह ठकुरी, शान्ति चौधरी, चन्द्रबहादुर चौधरी, खटक बहादुर शाह र राजेश प्रसाद उपाध्याय सिफारिस भएका थिए ।
बर्दियामा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ का नतिजा अनुसार विभिन्न दलका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा तर्फ एकतर्फ नेपाली कांग्रेसले जित हात पारेको छ भने अर्को क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रदेशसभा तर्फ भने नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले बलियो उपस्थिति जनाएका छन्।
पहिलो प्रतिनिधिसभा क्षेत्र अर्थात् बर्दिया–१ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट नेपाली कांग्रेसका संजयकुमार गौतमले ३०,६११ मत प्राप्त गर्दै विजयी भए। उनले एमालेका लक्ष्मणराज ज्ञवालीलाई २६,१५५ मतमा रोक्दै ४,४५६ मतान्तरले पराजित गरे। यसले कांग्रेसलाई बर्दियामा महत्वपूर्ण सफलता दिलाएको छ।
त्यस्तै बर्दिया–२ मा नागरिक उन्मुक्ति पार्टी संग गठबन्धन गरि स्वतन्त्र उम्मेदवार लालविर चौधरीले २६,५२० मत प्राप्त गर्दै विजयी भए। उनले माओवादी केन्द्रका सुरेश पन्थलाई २६,३८४ मतमा रोक्दै १३६ मतान्तरले पराजित गरे। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको विजयले स्थानीय राजनीतिक समीकरणमा नयाँ मोड ल्याएको देखिन्छ।
प्रदेशसभा तर्फ बर्दिया–१ (१) मा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरीले १७,०२६ मत प्राप्त गर्दै एमालेका सालीक राम अधिकारीलाई १६,९०७ मतमा रोक्दै ११९ मतान्तरले जित हासिल गरे।
त्यस्तै बर्दिया–१ (२) मा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीले १३,२३० मत प्राप्त गर्दै एमालेका श्री भक्तबहादुर विश्वकर्मालाई १२,९८३ मतमा रोक्दै २४७ मतान्तरले विजयी भए।
प्रदेशसभा क्षेत्र बर्दिया–२ (१) मा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट नेपाली कांग्रेसका जन्मजय तिमिल्सिनाले १७,२५१ मत प्राप्त गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरीलाई १२,१८४ मतमा रोक्दै ५,०६७ मतान्तरले पराजित गरे। यसले कांग्रेसलाई बर्दियामा प्रदेशसभा तर्फ थप बलियो बनाएको छ।
अन्ततः बर्दिया–२ (२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले २०,१२७ मत प्राप्त गर्दै माओवादी केन्द्रका मानबहादुर थारुलाई १०,९८४ मतमा रोक्दै ९,१४३ मतान्तरले विजयी भए। यस क्षेत्रमा एमालेका कृष्णी थारु ७,०१७ मतसहित तेस्रो स्थानमा रहे।
२०७९ को निर्वाचनमा बर्दियामा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभा तर्फ नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले प्रमुख सफलता हासिल गरे। यसले जिल्लाको राजनीतिक चित्रलाई विविध बनाएको छ र आगामी दिनमा स्थानीय सत्ता–सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ।
१. २०८२को उम्मेदवारीका लागि तोकिएका मुख्य कडा सर्तहरू
पार्टीले उम्मेदवार बन्न चाहने जो कोहीका लागि निम्न सर्तहरू अनिवार्य बनाएको छ:
-
योग्यता र चरित्र:
-
अनिवार्य रूपमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको हुनुपर्ने।
-
क्रियाशील सदस्य हुनुपर्ने, पार्टीका कार्यक्रम र आन्दोलनमा सक्रिय भाग लिएको हुनुपर्ने तथा उच्च नैतिक चरित्र भएको हुनुपर्ने।
-
सामाजिक विसङ्गति विरुद्ध कडा अडान: जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसङ्गतिमा दोषी ठहर भएका वा संलग्नता देखिएका कुनै पनि व्यक्तिलाई उम्मेदवार नबनाउने।
-
-
आर्थिक अनुशासन (लेवी):
-
विधानको धारा ६९ बमोजिम पार्टीलाई तोकिएको सहयोग रकम (लेवी) अनिवार्य रूपमा बुझाएको हुनुपर्ने। लेवी नबुझाएका व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने।
-
-
सिफारिसको सीमा र व्यवस्थापन:
-
प्रत्येक सिटका लागि तल्ला तहबाट अधिकतम ३/३ जनाको नाम मात्र सिफारिस गर्नुपर्ने।
-
एक व्यक्तिलाई प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक पदमा मात्र सिफारिस गर्नुपर्ने।
-
-
समानुपातिकतर्फ कडाइ (नयाँ पुस्तालाई अवसर):
-
२०७९ को निर्वाचनमा प्रतिनिधि सभा वा प्रदेश सभा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिलाई आगामी २०८२ को प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवार नबनाउने।
-
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूलाई पनि यी दुई निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नपाउने व्यवस्था।
-
२. निर्वाचनको समयसीमा
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रअनुसार उम्मेदवारको नाम सिफारिस गर्न तोकिएको समयसीमा:
-
सिफारिसको अन्तिम मिति: माघ ११ गतेको राष्ट्रिय सभा र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने।
-
टिकट वितरण: तल्ला निकायबाट नाम आएपछि केन्द्रीय कार्यसमितिले सम्पूर्ण उम्मेदवारको टिकट एकै पटक वितरण गर्ने तयारी।

प्रतिकृया दिनुहोस्