प्रहरी उपरीक्षक सरोज पौडेलले बर्दिया जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
बर्दिया: नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभागको पत्रानुसार प्रहरी उपरीक्षक सरोज पौडेलले आज बर्दिया जिल्ला प्रहरी कार्यालयको प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको छ।
उहाँलाई कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, मातहतका कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीले स्वागत गरेका थिए।
पदभार ग्रहणपछि प्रहरी उपरीक्षक पौडेलले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न, नागरिकको सेवा गर्न र व्यावसायिक कार्यसम्पादनमा कुनै कमी नराख्न सबैलाई आग्रह गर्नुभयो। जिल्लाको सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन सामूहिक प्रयास र उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
यसअघि, प्रहरी प्रधान कार्यालयको च.नं. १०६४ मिति २०८२।०४।२७ को पत्रअनुसार उहाँको बर्दियामा सरुवा भएको थियो।

प्रतिकृया दिनुहोस्