बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रातःस्मरणीय महामानव
गुलरिया। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताएका बताउनु भएको छ । उहाँले नेपालको राजनीतिमा कोइराला परिवारले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभयो।
मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो। कोइराला निवासको भ्रमणलाई राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।”
उहाँले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।
पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले सभापति सफल भए मात्र पार्टी सफल हुने धारणा राख्नुभयो
नेता खाँडले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पार्नुभयो।
उहाँले १४ औँ महाधिवेशन पनि एक वर्ष थपेरै गरिएको स्मरण गराउँदै १५ औँ महाधिवेशन पनि समयमै सम्पन्न हुने बताउनुभयो। आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले अहिले आफू केन्द्रीय समितिमा रहेको र महाधिवेशन सम्पन्न गराउने भूमिकामा क्रियाशील रहने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको नेता चयन गुटभन्दा माथि उठेर गर्नुपर्दछ ।”
सरकारको कामकारबाहीबारे खाँडले वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको बताउनुभयो । कांग्रेस र एमालेबीचको गठबन्धन पहिलो पटक नभएको उल्लेख गर्दै उहाँले विगतमा पनि पटक(पटक सहकार्य भएको स्मरण गराए । सरकारले गरेका केही सकारात्मक कामहरू, जस्तै ‘पढ्दै कमाउँदै’ कार्यक्रम र हरित हाइड्रोजन उत्पादनको योजनाको प्रशंसा गर्दै उहाँले गठबन्धनभित्रैबाट सरकारका कमीकमजोरी सुधार गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो गठबन्धनलाई २०८४ सालको चुनावसम्मै लिएर जानु छ । त्यहाँ भएका कमीकमजोरीलाई सुधार्ने हो ।”
पार्टीको अनुशासन समितिले गरेको कारबाहीबारे सोधिएको प्रश्नमा उहाँले त्यसलाई ठिक वा बेठीक नभन्ने बताउँदै उक्त निर्णय प्रक्रियागत भएको र त्यसमाथि केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्