चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

धर्मबस्ती। बर्दियाको मधुवन नगरपालिका वडा नं. ९, भाट चोकमा शनिवार राति घरको आँगनमा खेलिरहेका अढाई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ।
आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ निवासी रिहान चलाउनेको मृत्यु भएको हो। रिहानकी आमा रचना चलाउने सानीआमाको घरमा रहेका थिए। चितुवाले बालकको घाँटी र टाउकोको पछाडिको भागमा आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।साँझ करिब ८ बजे बालक एक्कासि हराएपछि परिवारले खोजी थाले।
स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरबाट ५०० मिटर दक्षिणपूर्वको खेतमा ९:१५ बजे मृत अवस्थामा बालक फेला परे।
यसै स्थानमा गत माघ २५ गते पनि चितुवाले आक्रमण गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।
चितुवा आक्रमणमा ज्यान गुमेको अबोध बालक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लुम्बिनी पत्र दैनिकका संस्थापक तथा पब्लिक फिगर यम नाथ घिमिरेले जनताको जीउ धन, पशु चौपायाको सुरक्षाको लागि सामुदायीक वन, जिल्ला वन,मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्ज वरिपरि वन / निकुञ्ज प्राविधिक, वन रक्षक वा चौकीदारको नियमित गस्ती प्रबन्ध तत्काल मिलाउन सबै सरकारहरूसंग आग्रह गर्नु भएको छ।
जनताको जीउ धनको सुरक्षालाई पहिलो प्राथमिकता राखेर सीमा क्षेत्र, वनजंगल, वन्यजन्तु र निकुञ्जको उचित व्यवस्थापन गर्नुपर्ने उहाको धारणा छ।
प्रतिकृया दिनुहोस्