स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

मधुवन । बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् ।
आफूजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको सविना थारुले गुनासो गरिन्।
“गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।”
त्यस्तै, जनक कुमारी थारुले जंगलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जंगली जनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ ।
स्थानिय सुशीला चौधरीले राजनैतिक दलहरुले पनि वन्यजन्तुबाट हुने क्षति तर्फ खास्सै ध्यान नदनिएको औंल्यानुभयो । उहाँले यस समस्याको समाधानका लागि दलहरुले वकालत गर्नुपर्ने कुरामा जोड दिनुभयो।
वन्यजन्तुबाट हुने क्षति, बाली नोक्सानी, र मानिसको ज्यान खतरामा पर्ने समस्याबारे स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो स्थानीयहरूमाझ व्यापक छ। साथै, वन्यजन्तु र बालीको बीमा प्रणाली अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस्