बर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना

गुलरिया। जिल्ला प्रशासन कार्यालय वर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । वैदेशिक रोजगारका लागि जाने जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आउने सेवाग्राहीलाई लक्षित गरी वैदेशिक रोजगार सम्वन्धि आवश्यक सुचना, जानकारी परामर्श, सम्भाव्य ठगी र जोखिम तथा त्यसको रोकथाम तथा सुरक्षित आप्रवासन सूचना र परामर्शका लागि सामी परियोजना अन्तर्गत आप्रवासी श्रोत केन्द्र स्थापना सामी परियोजना अन्तर्गत गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रद्रादेवी शर्मा र गुलरिया नगर प्रमुख मुक्ति नाथ यादवले केन्द्रको उद्घाटन गर्नु भयो।
पश्चिम नेपालको बर्दिया, बाँके, कैलाली, सुर्खेत जिल्लामा सन् २००९ देखि २०१४ सम्म साथी संस्थाले प्लानेट इन्फेन्ट्सको सहयोगमा समुदाय र पालिका तहमा परामर्श कर्ता तथा सहजकर्ता र जिल्ला प्रशासन कार्यालय र सूचना केन्द्रमा परामर्श कर्ता राखी सुरक्षित वैदेशिक रोजगारीमा जाने प्रक्रिया बारे सूचना तथा परामर्श प्रदान गरेको थियो।
प्रतिकृया दिनुहोस्