लुम्बिनी प्राविधिक विश्वविद्यालयको “शैक्षिक कार्यक्रम बारे अन्तर्क्रिया
नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको “शैक्षिक कार्यक्रम सम्बन्धि अन्तर्किया” कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका प्राध्यापक,उप-प्रध्यापक, प्रज्ञिक व्यक्तित्वहरु बाँके बर्दियाका विभिन्न पालिकाका प्रमुख,उप-प्रमुखहरु,विभिन्न विद्यालयका
प्राचार्यहरु,विद्यार्थीहरु लगायत शिक्षासँग समन्वय गर्ने विभिन्न ब्यक्तित्वहरुको उपस्थितिमा शिक्षाका विविध विषयमा छलफल भएको सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बताउनु भयो।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयको संञ्चालन ब्यवस्थापन तथा अन्य विद्यालयमा शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा डा. नहकुल केसी, डा. कृष्णप्रसाद पौडेल लगायतले रायसुझाब दिनु भयो।
प्रतिकृया दिनुहोस्