बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु

गुलरिया । बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ ।
‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानिय रोजगार रणनीति निर्माण गर्ने छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताउनु भयो । ‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ ।
स्वदेशमै उद्यमशिलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उहाँले भन्नुभयो,‘सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं । म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको विचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’ युवाहरुलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन मुख्यमन्त्री आचार्यले आग्रह गर्नु भयो ।
प्रतिकृया दिनुहोस्