February 5, 2025, Wednesday
२३ माघ २०८१, बुधबार

लालमाटीको ढुङ्गा निकाली वन्यजन्तु र किसानलाई पानी पुर्याउने वनमन्त्रीको प्रतिवद्धता

लालमाटीको ढुङ्गा निकाली वन्यजन्तु र किसानलाई  पानी पुर्याउने वनमन्त्रीको प्रतिवद्धता

ठाकुरबाबा । नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा लालमाटीस्थित गेरुवा नदीमा गिटी बालुवा थुप्रिएको ठाउ र गेरूवा गाउपालिकाको एकहजार बिघा जग्गा निकुञ्ज सिमानाभित्र परेको तथा नदीले कटान गरेको बारे अनुगमन गर्नु भएको छ । अनुगमन पछि थुप्रीएको गिट्टि बालुवा हटाउने र गेरुवा गाउपालीकाको नदीले कटान गरेको र हाल निकुन्ज भित्र रहेको जग्गाको सिमा हेरफेर सम्बन्धमा तत्काल कार्यान्वयन गर्न मन्त्रीसंग छलफल भएको ठाकुरबाबा नगर प्रमुख तिलक लम्सालले बताउनु भयो। सकारात्मक आश्वासन प्राप्त भएको छ , आशा छ छिटै यस समस्याको समाधान हुने नगर प्रमुख लम्सालको विश्वास छ।

२०८१ भाद्र ५ गते बन मन्त्रालयमा डेलिकेशन मार्फतमा माननीय मन्त्रीलाई बर्दिया बासी जन्ताको समस्याको लिखित जानकारी गराएकोमा सोही  समस्याबारे स्थलगत रूपमै आउने बाचा अनुरूप समस्या बुझ्न आज मिति २०८१  असोज १९ गते वनमन्त्री आउनु भएको नगर प्रमुख लम्सालको भनाइ छ।