वनमन्त्री शाहीद्वारा बर्दिया निकुञ्जको स्थलगत अवलोकन निरीक्षण
ठाकुरद्वारा । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिद्धि प्रसाद ढुंगाना, सहसचिव डा. बुद्धिसागर पौडेल लगायतको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन निरीक्षण तथा भ्रमण गर्नुभएको छ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षक अधिकृत डा. अशोक कुमार राम, बर्दिया जिल्लाका प्रहरी प्रमुख केदार खनाल, निकुञ्ज सुरक्षा खटिएका जबरजंग गणका गणपति चिरञ्जीवी पौडेल, बर्दिया संरक्षण कार्यक्रमका प्रमुख अजित तिमल्सिनाको सहभागिता रहेको थियो।
टोलीलाई बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षक अधिकृत डा. अशोक कुमार रामबाट बर्दिया राष्ट्रिय निकुञ्जको संरचना तथा व्यवस्थापन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
टोलीले निकुञ्जको वन्यजन्तुको वासस्थान र स्थानीय जनताको कृषि बालिनालीमा सिंचाई लगायतको हिउँदे समयमा समस्या रुपमा रहेको गेरुवा नदीको वहाव परिवर्तनले पार्ने प्रभाव बुझ्न निकुञ्जको लालमाटी क्षेत्रको अवलोकन निरीक्षण समेत गर्नुभएको थियो। उक्त विषयमा सो टोलीले बर्दिया जिल्लाका राजनीतिक दल लगायतका स्थानीय सरोकारवालाहरूसँग समेत छलफल गरेको थियो।
कार्यक्रममा वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले कर्मचारीहरुलाई आवश्यक सल्लाह तथा निर्देशन समेत दिनुभएको थियो। उक्त टोलीले बर्दिया राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन निरीक्षण तथा भ्रमण पश्चात् कृष्णसार संरक्षण क्षेत्रको समेत अवलोकन निरीक्षण भ्रमण गरेको सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो।
प्रतिकृया दिनुहोस्