लागू औंषध रोकथाम तथा नियन्त्रणका लागि बर्दियामा ३ महिने विशेष अभियान सुरु

लागू औंषध रोकथाम तथा नियन्त्रणका लागि बर्दियामा ३ महिने विशेष अभियान सुरु

गुलरिया। जिल्ला प्रशासन कार्यालय वर्दियाले लागू औंषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा ३ महिने विशेष अभियान सुरु गरेको छ।

लागू औंषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा ३ महिने विशेष कार्ययोजना २०८१ स्वीकृत गरि अभियान कार्यान्वयनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनु भयो।

अभियान अन्तर्गत गुलरिया नगरपालिका १ गणेशपुर नेपाल भारत सीमा क्षेत्र तथा बढैयाताल गाउँ पालिकाको फुटाहा नाकामा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय तथा सशस्त्र प्रहरी वलवाट संयुक्त चेक जाँच पर्चा पम्फिलेट वितरण समेत गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रवीण धिताल, सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहाल सहितले सीमावर्ती क्षेत्रमा पुगी स्थानीयलाई लागू औषध नियन्त्रण गर्न गराउन अनुरोध समेत गर्नु भएको छ।लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ३ मा लागु औषधलई गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात र अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ, नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ समेत सम्झनु पर्दछ भनि परिभाषित गरिएको छ।