October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

बढैयाताल, गुलरिया, बाँसगढी र मधुवनका सीमावर्ती गाउँ बस्ती लागू औषधको हब बन्दै

बढैयाताल, गुलरिया, बाँसगढी र मधुवनका सीमावर्ती गाउँ बस्ती लागू औषधको हब बन्दै

बढैयाताल । बर्दियामा सबैभन्दा बढी लागूऔषध ओसारपसार बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी र मधुवन नगरपालिकाका ग्रामीण सडक, चेक पोइन्ट, खेतबारीका बाटोबाट हुने गर्दछ ।

सीमा क्षेत्रमा भारत  तर्फ रहेका एस एस बी र नेपाल तर्फका सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका चेक पोइन्ट, सीमा चौकी, बि  ओ पी छलेर आर्थिक वर्ष ०७९⁄०८० मा ३ महिलासहित ९१ जना, आर्थिक वर्ष ०८०/०८१ मा ५ महिलासहित २०७ जना र चालु आर्थिक वर्षमा २५ जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक प्रविण धितालले बताउनु भयो।

भारतबाट अवैधरुपमा ओसारपसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सुरक्षा जाच कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप सुदृढ परेको छ ।

जिल्लाको गणेशपुर र फुटाहा लगायत सबै चेक पोइन्टमा थप जनशक्ति परिचालन गरी लागूऔषध ओसारपसार रोक्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो।

सीमा नाका लगायत सम्भावित क्षेत्रमा सर्च अभियान सञ्चालन गरिने उँहोको भनाइ छ । बर्दियामा बढ्दो ब्राउन सुगर लगायतका लागूऔषध बढ्कोमा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान भदौबाट तीन महिने कार्ययोजना लागू गरि कार्यान्वयनमा समेत ल्याइएको छ।

बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किलोमिटर छ ।

लागू औषध पूर्ण रूपमा नियन्त्रणमा स्थानीय समुदाय, युवा विद्यार्थी,  प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, जन् प्रतिनिधिहरू, राजनीतिज्ञहरु, समाजसेवीहरु संयुक्त कार्यक्रम बनाई परिचालित हुनु पर्दछ।